कोलकाताः माकपाका वरिष्ठ नेता सूर्यकान्त मिश्रालाई शुक्रवार राति अस्पतालबाट छुट्टी दिइयो। गत बुधवार छात्ती दुःखेपछि उनलाई कोलकाताको राजकीय एसएसकेएम अस्पतालमा भर्ती गराइएको थियो। तीन दिनसम्म निगरानीमा राखेपछि चिकित्सकहरूले उनलाई अन्ततः छुट्टी दिए। यद्यपि, अहिले उनलाई चिकित्सकहरूको निगरानीमै रहने र विश्राम गर्ने सुझाउ दिइएको छ। खानामा पनि धेरै निषेध लगाइएको छ।
उनको एन्जियोग्राम परीक्षण पहिले नै भइसकेको छ, जसले एन्जियोप्लास्टीको कुनै आवश्यकता नरहेको पुष्टी गरेको छ। ७४ वर्षीय मिश्रा जो स्वयं एक चिकित्सक हुन्, पछिल्लो बुद्धदेव भट्टाचार्य नेतृत्व वाम मोर्चा सरकारमा राज्य मन्त्रीमण्डलको सदस्य पनि थिए। उनीसित राज्यको स्वास्थ्य, पञ्चायत मामिलाहरू र ग्रामीण विकास विभागहरूको प्रभार थियो।
-हिस









