खोरमा फँस्यो एउटा चितुवा

IMG-20230819-WA0255.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको आटियाबारी चियाकमानमा वन विभागले थापेको खोरमा एउटा वयस्क चितुवा फँसेपछि गाउँलेहरूले राहतको श्वास फेरे। प्राप्त जानकारी अनुसार आज बिहान बगानको ९ नम्बर सेक्सनमा वन विभागले थापेको खोरमा चितुवा फँसेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर निमती रेञ्जका वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर राजाभातखावामा लगेको बताइएको छ। उक्त चितुवाको प्राथमिक उपचारपछि बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement