कफेरमा गोर्खा राष्ट्रिय नारी संगठन गठन

IMG-20230819-WA0190.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिकलाई विस्तारलाई तीब्र पार्दै भातृ संगठनहरु बलियो बनाउने कार्यलाई जारी राखेको जानकारी प्राप्त भएको छ। यसै क्रममा गोरामुमो कालेबुङ चौबीस नम्बर समष्टि अन्तर्गत कफेरमा गोर्खा राष्ट्रिय नारी संगठन गठन गरिएका छन्। कफेर सार्वजनिक भवनमा बसेको बैठकमा गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङको उपस्थिति रहेको थियो। कफेर, सैलुङ, बीच गाउँ, मायालु गाउँलाई लिएर गोरानासं गठन गरिएका छन्।सभामा सर्वसहमतिले अध्यक्षा पदमा पशुपति योञ्जन, उपाध्यक्षमा मिलि राई अनि मिना प्रधानलाई चयन गरिएका छन्। यसै गरी सचिवमा अनु तामाङ सह सचिवमा प्रतिभा तामाङलाई चयन गरिएका छन्। त्यसरी नै अञ्जु राईलाई कोषाध्यक्षमा चयन गरिएका छन्। यसै क्रममा चौबीस नम्बर समष्टिको निम्ति चारजना गोरानासं सदस्याहरु पनि चयन गरिएको बुद्ध तामाङले जानकारी दिएका छन्।

उनले थप जानकारी गराए अनुसार अब कफेरमा नवगठित कमिटीले पार्टीको सांङ्ठनिक बिस्तारलाई तिब्रता दिइने छ र जे जति पनि गतिविधिहरु हुने छ त्यो कमिटीको माध्यमद्वारा नै हुनेछ। यसको साथै आगमी २२ अगस्त २०२३ को दिन गोर्खा एकर्ड डे पालन गरिने भएकोले गर्दा नवगठित गोरानासं कमिटीको पनि अहम भूमिका रहने बुद्ध तामाङले थप जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement