दार्जिलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका विभिन्न रोगबाट पीडित रोगीहरुलाई विधायक जिम्बाको कोषबाट आर्थिक सहयोग प्रदान हरिएको छ। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बामार्फत आफ्नो विधानसभा क्षेत्रमा बिरामीहरुलाई उपचारको निम्ति मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसै क्रममा घुम जोरबङ्लो निवासी सावित्री राईलाई २५,०००/- राशि सहयोग प्राप्त भएका छन्। लेबोङ भेल्ली मध्य हर्सिङ हट्टा निवासी सन्ध्या गुरुङ क्यान्सर रोगले पीडित आफ्नो उपचारको निम्ति विधायक निरज जिम्बालाई आर्थिक सहयोगको निम्ति अपिल गरेका थिए। विधायक जिम्बाद्वारा पीडित सन्ध्या गुरुङको अपीललाई स्विकार्दै सहयोग निम्ति आवस्यक कागजपत्र सहित मुख्यमन्त्री राहत कोषको निम्ति पत्राचार गरेपछि पीडित सन्ध्या गुरुङको निम्ति रुपियाँ १,००,०००/- आर्थिक सहयोग प्राप्त भएका छन्। यस सहयोगको निम्ति पीडित परिवारले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गरेका छन्। दार्जीलिङ भिटोरिया फल्स निवासी कल्पना शर्माले उपचारको निम्ति ८७,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्। यसै क्रमा सुके पोखरी निवासी दिप गिरीले आफ्नो उपचारको निम्ति ५२,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्। समलबुङ बिजनबारी निवासी सन्ध्या थापाले ३४,०००/- आर्थिक सहयोग राशि प्राप्त गरेका छन् भने फुपछिरिङ चियाबारी, दार्जीलिङ निवासी राज कुमार गुरुङले आफ्नो उपचारको निम्ति १,००,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्।









