मिचेल मार्शको कप्तानीमा मैदानमा ओर्लिन तयार अष्ट्रेलिया

IMG-20230819-WA0164.jpg

१९ अगस्तः स्टीव स्मिथ र मिचेल स्टार्क चोटले गर्दा टीमबाट बाहिर भएपछि दक्षिण अफ्रिका यात्रामा खेलिने सीमित ओभरहरूको सीरीजमा मिचेल मार्शले अष्ट्रेलियाको कप्तानी गर्नेछन्। अष्ट्रेलियाई टीमका पूर्णकालिक कप्तान प्याट कमिन्स पनि नाड़ीको चोटले गर्दा अहिले टीमबाट बाहिर छन् तर दक्षिण अफ्रिका यात्राको अन्तिम चरणमा चाहिँ उनी टीममा सामेल हुनेछन्। स्मिथको चोट निको हुन अझ ४ हप्ता समय लाग्नेछ। स्टार्कले ईंग्ल्याण्डमा भएको एशेज सीरीजपछि कम्मरमा पीढ़ा अनुभव गरिरहेका छन्। स्मिथ र स्टार्क दुवै भारत विरुद्ध वनडे सीरीज अनि आईसीसी वनडे वर्ल्ड कप अघि फिट हुने आशा रहेको छ। वर्ल्ड कप शुरु हुन अघि अष्ट्रेलियाई टीम म्यानेजमेण्ट यी दुईलाई आराम गर्ने अनि ठीक हुने पर्याप्त समय दिन चाहन्छ।
अष्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले भने, एशेज सीरीज अनि वर्ल्ड टेस्ट च्याम्पियनशीप टीमलाई थकित बनाउने थियो। हामी अहिले वर्ल्ड कपको निम्ति खेलाड़ीहरूलाई बचाएर राख्न चाहन्छौं। अहिले वर्ल्ड कप हाम्रो प्राथमिकता हो। यसैकारण स्मिथ र स्टार्कको निम्ति भारतमा स्क्वाडमा सामेल हुनु असल रहनेछ। त्यस समयसम्म यी दुई सम्पूर्ण रूपले फिट हुनेछन्। उल्लेखनीय छ, भारत र अष्ट्रेलियाबीच वर्ल्ड कप अघि २२ सेप्टेम्बरदेखि तीनवटा वनडे म्याचको सीरीज खेलिनेछ। त्यसपछि वर्ल्ड कप ५ अक्टोबरदेखि शुरु हुनेछ। दक्षिण अफ्रिका यात्रामा खेलिने टी२० सीरीजको निम्ति स्मिथको स्थानमा एश्टन टर्नरलाई अष्ट्रेलियाई टीममा सामेल गरिएको छ। यसरी वनडे टीममा स्मिथ र स्टार्कको स्थान मार्नस लाबुशेन र स्पेन्सर जनसनले लिनेछन्। दक्षिण अफ्रिका यात्रामा अष्ट्रेलियाले ३ वटा टी२०आई र ५ वटा वनडे म्याचको सीरीज खेल्ने। यो यात्रा ३० अगस्तमा डरबनबाट शुरु हुनेछ अनि १७ सेप्टेम्बरमा जोहान्सबर्गमा समाप्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement