१८ अगस्तः वर्षाले वाधा पुऱ्याएको पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा भारतले आयरल्याण्डलाई डकवर्थ लुईस नियमहरूद्वारा २ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा टी२० म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। डबलिनमा खेलिएको म्याचमा शुक्रवार टस जितेर भारतीय कप्तान जसप्रीत बुमराहले आयोजक टीम आयरल्याण्डलाई पहिला ब्याटिंग गर्न पठाए।

आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो। आठौं नम्बरमा ब्याटिंग गर्न ओर्लिने बेर्री मेकार्थीले अविजित अर्द्धशतक बनाएर टीमलाई खराब शुरुवातपछि सम्मानजनक स्कोरसम्म पुऱ्याए। मेकार्थीले ४ वटा छक्का र ४ वटा चौकाको साथ ३३ बलमा अविजित ५१ रन बनाए। यसबाहेक कर्टिस केम्फरले ३९ रनको योगदान दिए। भारतीय बलरहरूमा लगभग ११ महिनापछि प्रतिस्पर्धी क्रिकेटमा फर्किने भारतीय कप्तान जसप्रीत बुमराहले ४ ओभरमा २४ रन खर्च गरी दुवै ओपनरलाई आउट गरे।

यसबाहेक प्रसिद्ध कृष्णा र स्पिनर रवि विश्नोईले पनि २-२ विकेट हासिल गरे। जवाफमा भारतले ६.५ ओभरमा २ विकेट गुमाएर ४७ रन बटुलेको समय वर्षा शुरु हुँदा खेल हुन सकेन। त्यस समय भारत डकवर्थ लुईस नियमहरू अनुसार लक्ष्यभन्दा २ रन अघि रहेको थियो। यसैकारण भारतलाई २ रनले विजेता घोषित गरियो। भारतको तर्फबाट यशस्वी जयसवालले २४ अनि रुतुराज गायकवाड़ले अविजित १९ रन बनाए। तिलक वर्मा खाता नखोली आउट भए जबकि सञ्जु सेमसन १ रनमा अविजित रहे। बुमराहलाई प्लेयर अव् द म्याच चयन गरियो। आज भारतीय टीमबाट प्रसिद्ध कृष्णा अनि रिंकू सिंहले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरे।









