मन्त्री खरेलद्वारा हाइकिङ साइकल वितरण

IMG-20230819-WA0005.jpg

गान्तोक: नामथाङ-रातेपानी निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री सञ्जित खरेलले पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले नामथाङ पर्यटन संघलाई कूल ८ वटा हाईकिङ्ग साइकल प्रदान गरेका छन्। नामथाङ स्थित स्वर्गीय बाल कृष्ण कसाजु स्मारक सरकारी उच्चत्तर माध्यामिक विद्यालयको खेल मैदानमा गत १५ अगस्तको दिन आयोजित क्षेत्र स्तरीय ७७औं स्वतन्त्रता दिवस समारोहको अवसरमा मन्त्री खरेलले उक्त साईकल संघलाई प्रदान गरेको जानकारी गराइएको छ। क्षेत्रको पर्यटन प्रवर्धन हेतु मन्त्री खरेलद्वारा यस प्रकारको सहयोग प्रदान गर्ने कार्य सम्पन्न भएको छ। यसरी सहयोग एवं प्रोत्साहनको निम्ति नामथाङ पर्यटन संघले क्षेत्र विधायक एवं मन्त्री सञ्जित खरेलप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement