मङपू: आज मङपू सरस्वती उच्चत्तर माध्यमिक विधालयमा प्रधान शिक्षिक प्रभारी सिनोरा प्रधानकोबिदाई कार्यक्रम सप्पन्न भयो। सहशिक्षक अमृत खड्का अनि असित थापाले संचालन गरेको समारोहमा प्रमुख अतिथि विधालयका भू.पू. शिशक एस.एम. राई अनि अन्य अतिथिगणको बाहुलीबाट भूपू प्रधान अध्यापक एम.बी. राईको प्रतिमामा माल्यर्पण गरेर शुरु गरियो। आजको समारोहमा सरस्वती विद्यालयको गीत लेख्ने रचनाकार शरद रावत, गायक राजेन आले, गीत रेकर्डिङ को निम्ति सहयोग गरिदिने कालेबुङ स्टुडियोका मालिक अनुराज प्रधान अनि हेमन्त थापा; सङीत सयोजकहरु बसन्त खाती अनि सागर बान्तावा साथै अन्य कलाकारलाई विद्यालय परिवारको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाईयो। यसरी विधालयका भूपू प्रधान अध्यपिका चन्द्रकला राईलाई शिक्षक जीएस राई,अनि विधालयका शिक्षक शिक्षाकागण, अशिक्षण कर्मचारी अनि विधर्थीगणले खदामाला लगाउदै बुके अनि उपहार प्रदान गरेर विदाई दिए।
कार्यक्रममा विद्यालयका नानीहरुले गीत नृत्य आदि प्रस्तुत गरे।
आजको कार्यक्रममा भूपू शिक्षक एसएम राई, ए.के गुरुङ, शरद रावत, बिशोर कार्की भूपू शिक्षिकाहरु देविका मोक्तान; पनिता प्रधान, लगायत शारदा विद्यालयका प्रधान अध्यापक प्रकाशचन्द्र राई अनि ज्ञान पीठ विद्यालयका प्रधान शिक्षक प्रभारी दिलिप गुरुङ उपस्थित थिए।
								



								

															
                    



