नामथाङमा एसकेएम नारीशक्ति प्रकोष्ठको समन्वय सभा

IMG-20230818-WA0292.jpg

गान्तोकः एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन तथा नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री सञ्जित खरेलको दिशा निर्देशनमा क्षेत्रस्तरीय पार्टी कार्यलयमा आज एसकेएम नारी शक्तिको क्षेत्र स्तरीय एक महत्वपूर्ण समान्वय सभा सम्पन्न भयो। एससीपीसीआर बोर्डकी अध्यक्षा रोमा तामाङको अध्याक्षतामा सम्पन्न यस सभामा नारी शक्ति दक्षिण जिल्लाका पदाधिकारी र विभिन्न वार्डका पञ्चायतहरू साथै नारी शक्तिका सक्रिय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सभा आयोजना गर्नुको मुख्य उद्धेश्य नारी शक्तिलाई कसरी अझ बलियो बनाएर लैजानु पर्ने साथै नारी सशक्तिकरण जस्ता विषयमाथि चर्चा-परिचर्चा गर्नु रहेको थियो। साथै क्षेत्रको सबै १० वटै ग्राम पञ्चायत एकाई एवं सबै ६३ वटै वार्डहरूमा नारी शक्तिको कार्यकारिणी समिति गठन गर्नुपर्ने जस्ता विषयमा सभामा छलफल भएको बताइएको छ।

यस सभामा नारी शक्ति प्रकोष्ठलाई कसरी अझ बलियो बनाउनु पर्ने भन्ने बिषयमा सबैले आ-आफ्नो विचार राखे। सभाले चाँडै नै नारी शक्ति प्रकोष्ठलाई बलियो बनाउने उद्देश्यले क्षेत्रका विभिन्न ग्राम पञ्चायत एकाईहरुमा यस बिषयमा तीव्र गतिमा काम गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement