राजभवन ‘मेरी माटी मेरा देश’ अभियानमा सहभागी

si-10

गान्तोकः राजभवनका अधिकारीहरू र कर्मचारीहरू पनि आज ‘मेरी माटी मेरा देश’ अभियानमा सहभागी बने। यस अभियान अन्तर्गत अधिकारीहरू र कर्मचारीहरूले भारत देशलाई २०४७ सम्म विकसित राष्ट्र बनाउने, दासत्वको मानसिकता मेटाउने, देशको समृद्ध धरोहरमाथि गर्व गर्ने, एकता र ऐक्यबद्धतालाई कायम राख्ने, नागरिकको कर्तव्य निर्वहन गर्ने तथा देशको रक्षा गर्नेको सम्मान गर्ने शपत ग्रहण गरे।

राजभवनका सचिव जेडी भोटियाले भने, ‘मेरी माटी मेरा देश’ अभियानको माध्यमद्वारा राजभवनले देशको रक्षामा समर्पित सहासी सशस्त्र बलहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ। उनले यस अभियानमा सम्मिलित बन्न पाउनु सम्मानको कुरा रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement