एसएफएले २१ अगस्तदेखि सिक्किम वुमन्स सुपर लिग आयोजना गर्ने

sda_95

गान्तोकः सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले लामो अन्तरालपछि ‘सिक्किम वुमन्स सुपर लिग’ आयोजना गर्ने भएको छ। यो टुर्नामेन्ट आगामी २१ अगस्तदेखि राजधानीको पाल्जोर स्टेडियममा खेलाइने छ। उक्त जानकारी एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पाले आज आयोजित एक पत्रकार सम्मेलनमा दिए।

अध्यक्ष इथेन्पाले २१ अगस्तदेखि शुरू हुने सिक्किम वुमन्स सुपर लिगमा राज्यका कुल छवटा टीमले भाग लिने जानकारी गराए। यो टुर्नामेन्ट लिग फर्म्याटमा खेलाइन्छ भने प्रत्येक टीमले कम्तिमा पॉंच म्याच खेल्नछ। उनले राज्यका महिला खेलाड़ीहरूमा निकै सम्भावना रहेको र राज्यका महिला फुटबल खेलाड़ीहरू देशका विभिन्न क्लबहरूमा खेलिरहेको बताए। यद्यपि, राज्यमा महिला खेलाड़ीहरूको भने कमी रहेको कुरालाई ध्यानमा राख्दै अनि क्लब कल्चरलाई प्रोत्साहित गर्न सो लिग आयोजना गरिरहेको उनले बताए।

यस अतिरिक्त आगामी २० अगस्तदेखि एज ग्रुप टुर्नामेन्ट अन्तर्गत अन्डर-१६ टुर्नामेन्ट शुरू गर्ने पनि अध्यक्ष इथेन्पाले थप जानकारी गराए। यस टुर्नामेन्टमा राज्यभरिबाट कुल १६ क्लबले भाग लिनेछ। उनले वर्तमानमा राष्ट्रिय स्तरमा सिक्किमका फुटबल खेलाड़ीहरूको रिक्ततालाई भर्ने लक्ष्य लिएर एसोसिएशनले यी टुर्नामेन्टहरू आयोजना गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement