गान्तोकः देशको केन्द्रिय गृह मन्त्री एवं सहकारिता मन्त्री अमित शाहले आज उत्तर प्रदेशको ग्रेटर नोएडामा सीआरपीएफको ग्रुप सेक्टरमा महा वृक्षारोपण अभियान अन्तर्गत ४ करोड़औं विरूवा लगाए। यस अवसरमा आज देशभरि केन्द्रिय सशस्त्र पुलिस बलद्वारा ११ लाख पौधा लगाए।
यसै क्रममा देशका अग्रणी सशस्त्र बलहरू मध्ये एक भारत तिब्बत सीमा पुलिस बललाई यस महा वृक्षारोपण कार्यक्रम अन्तर्गत १ लाख २५ हजार पौधा लगाउने लक्ष्य सुम्पिएको छ। भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) बलको १३औं वाहिनीका उप सेनानी प्रशान्त कुमार सिन्हाकोको नेतृत्वमा आज वाहिनी छेउछाउ २०० पौधा लगाइयो।
यस अभियान अन्तर्गत वाहिनीले अहिलेसम्म ३६ हजार पौधा लगाएर आफ्नो लक्ष्य प्राप्त गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। यस पौधारोपण कार्यक्रममा वाहिनीले स्थानीय नागरिकहरूलाई पनि सम्मिलित गरेको थियो। १३औं वाहिनीले गरेको यस कार्यको स्थानीय नागरिकहरूले सराहना गरे।
								



								

															
                    


