मुख्यमन्त्रीले लोवर साम्सेबुङको समाजलाई आवश्यक सामग्रीहरू प्रदान

IMG-20230819-WA0002.jpg

गान्तोकः सिक्किमका मुख्यमन्त्री तथा पोकलोक कामराङ समष्टिका विधायक प्रेमसिंह तामाङले समष्टि अन्तर्गत लोवर साम्सेबुङको समाजलाई आवश्यक सामग्रीहरू प्रदान गरेका छन्। मुख्यमन्त्रीद्वारा प्रदान गरिएका यी आवश्यक सामग्रीहरू एसकेएम पार्टीका पदाधिकारीहरूद्वारा समाजका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ।

मुख्यमन्त्रीले समाजलाई प्रदान गरेका आवश्यक सामग्रीहरूमा टेबल, चौकी, मक्टु, ग्यास चुल्हा, डेक्ची, कराई, थाल, चम्ची, गिलास आदि रहेका छन्। यसैगरी मुख्यमन्त्रीले सिविल सर्विसमा प्रयासरत एक स्थानीय शिक्षित बेरोजगार युवा पूजन अधिकारीलाई पनि आर्थिक सहयोग स्वरूप पचास हजार रुपियाँको प्रदान गरेका छन्। यसरी सहयोग प्रदान गरेकोमा लोवर साम्सेबुङ समाजका सदस्यहरूले क्षेत्र विधायक तथा मुख्यमन्त्रीप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement