डीएचआरको तीनधारेस्थित कारखानामा विभाजन विविषिका स्मृति दिवस पालन

IMG-20230528-WA0320-5-300x172-13

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको तीनधारेस्थित कारखानामा विभाजन विविषिका स्मृति दिवस पालन गरिएको छ। उक्त कार्यक्रम वर्तमान एडीएमई प्रियम अग्रवालको अध्यक्षता र उनकै पहलमा सम्पन्न गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा भूतपूर्व रेलवे कर्मचारी लोकबहादुर छेत्रीको प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा जीएचआरको अवकाशप्राप्त कर्मचारीहरू पनि उपस्थित रहेका थिए भने उनीहरूलाई कार्यक्रमको अध्यक्षको बाहुलीबाट खदार्पण गरी स्वागत जनाइएको थियो। कार्यक्रमको प्रमुख विषय १४ अगस्त १९४७ सालमा देश विभाजन भएको थियो र त्यस दिनलाई नराम्रो र अशुभ दिनको रूपमा सम्झना गरी विभाजन विविषिका स्मृति दिवस भनेर पालन गरिएको छ। कार्यक्रममा स्वागत सम्भाषण कारखानाकै फोरमेन शितांशु विश्वासले राखेका थिए भने कार्यक्रममा भूतपूर्व कर्मचारीहरू किशन लिम्बु, लोकबहादुर छेत्री, प्रबीर कुमार नन्दी र सभाध्यक्ष एडीएमई प्रियम अग्रवालले वक्तव्य राखेका थिए। कार्यक्रममा देशभक्ति गीतहरू क्रमैले ईशान्त विश्वकर्म, बरूण रसाईली, अनश्रीया प्रधान, शांशक कस्तुरे र कर्मचारी पेम्बा छिरिङ भोटिया आदिले प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन कारखानाकै सिनियर सेक्सन ईञ्जिनियर बिनोद कुमार छेत्रीले गरेका थिए भनी तीनधारेबाट रेलवे कर्मचारी नरेन बम्जनले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement