मुख्य सचिवले ‘मेरी माटी मेरा देश’ शपत दिलाए

cs_8

गान्तोकः सिक्किम सरकारका मुख्य सचिव वीबी पाठकले आज टाशीलिङ सचिवालय परिसरमा सम्पूर्ण विभागका प्रमुखहरूलाई ‘मेरी माटी मेरा देश’ शपत दिलाए। मुख्य सचिवले ‘मेरी माटी मेरा देश’ अनि ‘वीरों का वंदन’ शपत दिलाए जसले माटोको सम्मान र देशका बहादुरहरूलाई अभिवादन गर्न एउटा संयुक्त मोर्चाको परिकल्पना गर्दछ।

‘मेरी माटी मेरा देश’ एउटा देशव्यापी अभियान हो र यसको शुरूवात ९ अगस्त, २०२३ मा गरिएको थियो। यसको उद्देश्य देशको निम्ति आफ्नो प्राणको आहुति दिने वीरहरूलाई श्रद्धाञ्जली अर्पित गर्नु रहेको छ। यो अभियान आजादीको अमृत महोत्सवको समापन कार्यक्रम हो हुन १२ मार्च, २०२१ मा शुरू भएको थियो। यसैगरी, गान्तोक जिल्लामा राज्य सरकारका विभिन्न कार्यालयहरूमा पनि आज ‘मेरी माटी मेरा देश’ अनि ‘वीरों का वंदन’ शपत लिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement