धुपगढ़ी उपचुनाउको निम्ति तृणमूलले जारी गऱ्यो स्टार प्रचारकहरूको सूची

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः उत्तर बंगालको धुपगढ़ी विधानसभा उपचुनाउको निम्ति सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले शुक्रवार स्टार प्रचारकहरूको सूची जारी गरेको छ।

उपचुनाउमा त्रिकोणीय भिड़न्त छ। राज्यको सत्ताधारी पार्टीले २०२१ मा भाजपाले जितेको सीट खोस्ने प्रयास गर्नेछ। शुक्रवार पार्टीको तर्फबाट जारी स्टार प्रचारकहरूको सूचीमा मुख्यमन्त्री ममता ब्यानर्जी र उनका भतिज अभिषेक ब्यानर्जीको नाम छ। अभियानलाई जारी राख्नका लागि थप ३५ स्टार प्रचारकहरूको सूची जारी गरिएको छ। पाँच सेप्टेम्बरमा धूपगढ़ीमा उपचुनाउ छ। २०२१ मा यस सीटबाट भाजपा उम्मेदवार विष्णुपद रोयले जित हासिल गरेका थिए। उनको असामयिक निधनले यस सीटमा उपचुनाउ हुन गइऱहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement