माकपा नेता सूर्यकान्त मिश्राको भइरहेछ स्वास्थ्यमा तीव्र सुधार

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः सीपीआई (एम) पोलित ब्यूरो सदस्य एवं पश्चिम बंगालमा पार्टीका पूर्व राज्य सचिव डा. सूर्यकान्त मिश्राको तीव्र गतिमा स्वास्थ्यमा सुधार भइरहेछ। उनलाई छिट्टै नै अस्पतालबाट छुट्टी दिइनेछ। दक्षिण कोलकातामा सरकारी एसएसकेएम मेडिकल कलेज एवं अस्पतालका अधिकारीहरू अनुसार मिश्रालाई छात्ती दुःखेको कारण १६ अगस्तमा भर्ती गराइएको थियो। उनको पहिले नै एन्जियोग्राम परीक्षण भइसकेको छ, जसले पुष्ट गरेको छ कि एन्जियोप्लास्टीको कुनै आवश्यकता छैन। यद्यपि, उनलाई धेरै आहार प्रतिबन्धहरूको साथ नियमित दवाई खानपर्नेछ।

मिश्रा (७४) जो स्वयं चिकित्सक हुन्, पछिल्लो बुद्धदेव भट्टाचार्य नेतृत्व वाम मोर्चा सरकारमा राज्य मन्त्रीमण्डलको प्रमुख सदस्य थिए। उनीसित राज्यको स्वास्थ्य, पञ्चायत मामिलाहरू र ग्रामीण विकास विभागहरूको प्रभार थियो। १६ अगस्तमा छात्ती दुःखदा उनलाई मेडिकल जाँचको निम्ति एसएसकेएमको आउटडोरमा ल्याइएको थियो। जाँच र डाक्टरहरूको सुझाउपछि उनी अस्पतालमा भर्ती भए। उनको उपचारको निम्ति पाँच सदस्यीय मेडिकल बोर्डको गठन गरियो। केही मायोकार्डियल समस्याहरूको पत्ता लाग्यो। सूत्रहरू अनुसार, मायोकार्डियल समस्याहरू अनुभवी सीपीआई (एम) नेताले लामो समयदेखि धूम्रपान गरेको कारण भएको हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement