कोलकाताः बिहिवार जादवपुर विश्वविद्यालय छेउ आयोजित भाजपा युवा मोर्चाको सभाबाट फर्कने क्रममा भएको हमलालाई लिएर नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले जादवपुर थानामा लिखित प्राथमिकी दर्ता गराएका छन्। शुक्रवार दर्ता गराएको प्राथमिकीमा शुभेन्दुले हत्याको प्रयासको आरोप लगाएका छन्।
वामपन्थी छात्र संगठन आरएसएफका कार्यकर्ताहरूमाथि हमलाको आरोप लगाउॅंदै शुभेन्दुले आरएसएफलाई प्रतिबन्धित माओवादी संगठन ठहर गरेका छन्। शुभेन्दु अधिकारी बिहिवार सॉंझ 8बी बस स्ट्याण्ड छेउ युवा मोर्चाको कार्यक्रममा सामेल भएका थिए। त्यहॉंबाट फर्कने क्रममा उनलाई कालो झण्डा देखाइएको थियो भने त्यस विषयलाई लिएर आरएसएफ र भाजपा कार्यकर्ताबिच झगड़ा भएको थियो। यस मामिलामा पुलिसले दुई जनालाई पक्राउ गरेको थियो भने पछि छोडिदिए।
शुभेन्दुले सॉंझ ५ः४० बजी सभा मंचबाट ओर्लिने क्रममा योजनाबद्ध तरिकाले हमला गरिएको आरोप लगाएका छन्। उनले हमला गर्ने व्यक्तिहरूसॅंग बन्दूक रहेको र उनलाई मार्ने प्रयास गरेको आरोप लगाएका छन्।
-हिस









