कालचिनीः यस बर्ष नीट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूमध्ये कालचिनी खण्डको बुखिमबारी, मेचपाड़ा ८ नम्बर र भाटपाड़ा चियाबारीको ३ जना कन्या विद्यार्थीहरू क्रमैले निधी लामा, सोयनाम लामा र रिती लामा र भर्नाबारी चियाबारीको मनीष मिञ्जलाई कालचिनी ब्लक तृणमूल सभापति बिरेन्द्र बारा उराँवले बधाई दिएका छन्। शुक्रबार यस क्रममा बिरेन्द्र बारा उराँवले भर्नाबारी चियाबारीको नीट परीक्षा उत्तीर्ण भएर मेडिकल कलेजमा भर्ना पाईसकेका मनीष मिञ्जलाई फूलको गुच्छा र उपहार प्रदान गर्दै उत्तरोत्तर सफलताको कामना टक्र्याएका छन्। यस क्रममा तिनले कालचिनी खण्डको जति पनि नीट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन्।

प्रत्येक बर्ष नै नीट परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको संख्या चियाबारी क्षेत्रबाट वृद्धि भईरहेकोमा कालचिनी खण्डको समाजसेवीहरूले हर्ष व्यक्त गर्ने क्रममा यसपाली तीनजना कन्या विद्यार्थीहरूले नीट परीक्षामा सफलता प्राप्त गरेको र तीनैजना कन्या विद्यार्थीहरूले मेडिकल कलेजमा भर्ना पाइसकेको र आदिवासी तपसिली उपजातिका यी विद्यार्थीहरूलाई समाजको प्रत्येक क्षेत्रबाट उत्साह प्रदान गर्न उनीहरूलाई सम्मान तथा सम्वर्द्धना दिन जरुरी रहेको जनाएका छन्।









