कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेस राज्यपाल डा. सीवी आनन्द बोस विरूद्ध प्रस्ताव ल्याउने तयारीमा छ। आगामी २२ अगस्तमा विधानसभाको मनसून सत्र एकपल्ट फेरि शुरू हुनेछ। सदनको कार्यवाही फेरि शुरू भएपछि राज्य सरकारले राज्यपाल विरूद्ध प्रस्ताव ल्याउने भएको छ।
तृणमूल कांग्रेसका एक सूत्रले भने, पश्चिम बंगालका राज्यपालले राजभवनमा पश्चिम बंगाल दिवस मनाए जुन अहिलेसम्म भएको थिएन। यसलाई आधार बनाएर उनी विरूद्ध प्रस्ताव ल्याउने तयारी गरिॅंदैछ। प्रारम्भिक चरणमा तृणमूल कांग्रेसका विधायक र विधानसभामा पार्टीका उप मुख्य सचेतक तापस रायले यसमा हस्ताक्षर गरेका छन्। दुईजना प्रस्तावक बन्नेछन्।
नियम अनुसार, राज्यपाल नै राज्य सरकारका प्रधान हुन्। यस कारण बजेट अभिभाषणमा राज्यपाल मेरो सरकार भने सम्बोधन शुरू गर्छन्। यस्तो स्थितिमा राज्यपाल विरूद्ध सरकारद्वारा प्रस्ताव ल्याउने विषयलाई महत्वपूर्ण मानिॅंदैछ।
सूत्रहरू अनुसार, पश्चिम बंगाल दिवस पालनको बाहनामा राज्यपालद्वारा राज्यका विभिन्न कार्यहरूमा कथित हस्तक्षेपलाई लिएर विधानसभामा चर्चा हुनेछ, जुन महत्वपूर्ण रहनेछ।
-हिस









