छात्रको मृत्युपछि जेयू प्रबन्धन सजग बन्दै, राति आईडी कार्ड बिना प्रवेशमा रोक

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः जादवपुर विश्वविद्यालय (जेयू) मा बांग्ला प्रथम वर्षका विद्यार्थी स्वप्नदीप कुण्डूको ऱ्यागिङ्गका कारण छतबाट झरेर मृत्युलाई लिएर चलिरहेको विवादमा विराम लगाउन विश्वविद्यालयकी रजिस्ट्रार स्नेह मञ्जू बसुले नयॉं निर्देशिका जारी गरेकी छन्। यसमा रातिको समय विश्वविद्यालयमा वर्तमान छात्रको आई कार्ड भएका छात्रहरूलाई मात्र प्रवेश गर्न दिइने कुरा उल्लेख छ।

रजिस्ट्रार अनुसार, विश्वविद्यालयमा केवल रातिको समय अवैध तरिकाले पूर्व छात्र अथवा बाहिरका मानिसहरू प्रवेश गर्छन् र राति नै ऱ्यागिङ्ग हुने गर्दछ। यद्यपि हालमा भएको सोधपुछमा लगभग दिनभरि नै विश्वविद्यालयमा ऱ्यागिङ्ग अनि नशाको व्यापार चल्ने गरेको कुरा अघि आएको छ। नयॉं निर्देशिकामा भनिएको छ, राति ८ बजीदेखि बिहान ७ बजीसम्म विश्वविद्यालय परिसरमा प्रवेशको निम्ति आई कार्ड अनिवार्य देखाउनु पर्नेछ। यदि कोही बाहिरका व्यक्ति प्रवेश गर्छन् भने उसले आफ्नो सम्पूर्ण परिचय लेख्नु पर्नेछ।

उल्लेखनीय छ, विश्वविद्यालयमा छात्रको मृत्युको घटनालाई लिएर राज्य बाल अधिकार रक्षा आयोगले पनि विश्वविद्यालय प्रबन्धनसॅंग रिपोर्ट मागेको थियो। रजिस्ट्रारले दिएको रिपोर्टप्रति आयोगले असन्तुष्टि व्यक्त गरेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement