कुचबिहार : जीर्ण सडक मर्मतको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । तुफानगञ्जदेखि दिनहाटासम्मको राजमार्ग लामो समयदेखि जीर्ण अवस्थामा रहेको आरोप छ । प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ भएन । जसका कारण स्थानीयवासीले तुफानगञ्जको ब्लक १ को ग्राम पञ्चायत बलरामपुर २ को बटला क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। यो खराब सडकका कारण लगातार दुर्घटना भईरहेको स्थानीयको गुनासो पनि छ ।

सूचना पाएलगत्तै तुफानगञ्ज पुलिस थाना अन्तर्गतको बलरामपुर पुलिस थाना घटनास्थल पुगेको थियो । करिब ३० मिनेटसम्म सडक अवरुद्ध भएको थियो । जामका कारण तुफानगञ्ज दिनहाटाको सवारी आवागमन ठप्प भएको छ । पछि पुलिसको आश्वासनपछि स्थानीयले सडक अवरुद्ध हटाएका थिए।









