सिलगढी: सिलगढी बेङ्गाल सफारी पार्कमा रोयल बेङ्गाल टाइगर किकाको बच्चाको मृत्यु भएको घटना सार्वजनिक भएपछि बङ्गाल सफारी पार्कमा सन्नाटा छाएको छ। किकाले गत महिनाको १२ तारिखमा दुई सन्तानलाई जन्म दिएकी थिइन् जसमध्ये एकको मृत्यु भएको थियो। दुई साताअघि अर्का एक बालकको पनि मृत्यु भएको थियो। शुक्रबार यो कुरा बाहिर आएसँगै सिलगढी बंगाल सफारी पार्कको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।









