सिलगढ़ीः एसएसबीको ४१औं बटालियन र टुकरियाझार वन विभागले बिहिवार राति नक्सलबाड़ी बस स्ट्याण्ड छेउ संयुक्त अभियान चलाएर हात्तीको दॉंत तस्करीको आरोपमा पॉंच जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम तपन थापा, रिवास प्रधान, प्रभु मुण्डा, श्रीयान खेरिया र धर्मदास लोहार बताइएको छ। सूत्रहरू अनुसार, पक्रा पर्ने तस्करहरूमा तपन थापा बीएसएफ जवान हुन्। यसरी नै रिवास प्रधान सिक्किम पुलिसमा कन्स्टेबल हुन्। पक्रा परेका तस्करहरू विरूद्ध अगाड़िको कारबाहीको निम्ति नक्सलबाड़ी पुलिसलाई सुम्पिएको छ। जानकारी अनुसार, गुप्ता सूचनाको आधारमा कारबाही गर्दै यी पॉंच तस्करलाई पक्राउ गरिएको हो। तस्करहरूबाट ९४५ ग्राम वजन भएको हात्ताको दॉंत भेटिएको छ। उनीहरू भूटानबाट हात्तीको दॉंत तस्करी गरेर नक्लबाड़ी पुगेको बताइएको छ।









