मिरिक: गोपालधारा चियाबारीमा गत १५ अगस्त २०२३ को दिन अति नै भव्य र ऐतिहासिक रुपमा ७७ौ स्वाधीनता दिवस प्रथम चरणमा चियाबारीका प्रबन्धक महेन्द्र खातीको अध्यक्षतामा विहान ९ बजेदेखि शुरु भयो। प्रबन्धक खातीले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रीय गान शुरु भयो अनि दोस्रो चरणमा अवकाशप्राप्त मेजर जनरल बी डी राईले स्वाधीनता सेनानी कृष्ण बहादुर सुनवार मुखियाको शालिग अनावरण गर्नुभयो । यसपछि विभिन्न र्यांकका भूतपूर्व सैनिकहरू बयोबृद्ध केप्टन एम एस लिम्बु लगायत नेपाली भाषा साहित्यका विद्वान लेखक लेखिकाहरू गोपीचन्द्र प्रधान, सचेन दुमी राई, सी के श्रेष्ठ, कवि विचन्द्र, राजबहादुर राई, आशा मुखिया लामा, डा. कमला तामङ आदि कृष्ण बहादुर सुनवार मुखियाकी बुहारी, नातिनी, दार्जीलिङ सरकारी महाविद्यालयका विद्वान प्राध्यापकगण र स्थानीय मरिक उच्चतर, थर्बु उच्चतर माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरू, गोपालधारा एाम एस के, ड्रीमल्याण्ड स्कुल, बृन्दावन वोर्डिङ स्कुल, विभिन्न संघ संथाका प्रतिनिधीहरूले श्रद्धा सुमन अर्पण गरेपछि मेजर जनरल बीडी राईले पूर्ण सैनिक सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरे यस अवसरमा सुनवार मुखिया समाज दार्जीलिङ जिल्लाको पक्षबाट मुखिया समाजको रीति थिति अनुसार शालिग अघि कुलपूजा गरेर श्रद्धाञ्जली अर्पण गरे।
गोपालधाराका भूतपूर्व प्रधानाध्यापक अर्जुन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माधव बुढाथोकीद्वारा सम्पादित स्वाधीनता सेनानी कृष्णबहादुर सुनवार मुखिया स्मारिकाको विमोचन उपस्थित अध्यक्ष विशिष्ट अतिथी, साहित्यकारहरू लगायत प्रधान सम्पादक, सम्पादकगण पवित्रा लामा, कवीर बस्नेतको बाहुलीबाट सम्पन्न भयो। प्रधान सम्पादकले स्मारिका बारे बोल्नुभयो भने शालिग निर्माण समितिका अध्यक्ष कवीर बस्नेतले कृष्ण बहादुर मुखिया बारे नेपालीमा अनि सतिका सुब्बाले अंग्रेजीमा परिचयात्मक बक्तव्य दिए। समारोहमा मूख्य अतिथी लगायत कृष्ण बहादुरकी बुहारी आदिलाई मायाको चिनो साथै वरिष्ठ लेखक साहित्यकार गोपीचन्द्र प्रधान अनि सचिन दुमी राई, अवकाशप्राप्त कर्नेल एम एस लिम्बू, गोपालधाराका पुराना गीत- सगीतकार बिरसिंग सुब्बा फागु लगायत लोकप्रिय गायक ग्याल्छेन तामङ, जितेन लेप्चा, मिनछामा राई आदिलाई अभिनन्दन प्रदान गरियो। कार्यक्रममा बृन्दाबन बोर्डिङ स्कूल र ड्रीमल्याण्ड स्कुल, सुनुवार सांस्कृतिक मञ्चका कलाकारहरूले खुबै सुन्दर र रोचक कार्यक्रमहरू प्रस्तुत गरे। नेपालीसाहित्यका वरिष्ठ उपन्यासकार र कवि अनि अभिसन्धीका प्रयोत्मक स्रष्टा राजपत्रांकित अधिकारी पवित्रा लामाले माग्रेटसहोप नरसंहारलाई आधार बनाएर सशक्त कवपता पाठ गरिन्। कृबसुमु शालिग निर्माण कमिटि का सचिव वाङडुप तामङले स्वागत बक्तव्य र अध्यक्ष कवीर बस्नेतले धन्यबाद ज्ञापन राखे। कार्यक्रममा इभेेन्ट म्यानेजर सतिका सुब्बा थिइन् भने लोकप्रिय उद्घोषक शीतल सुब्बाले कार्यक्रम संचालन गरेकी थिइन्।









