विषालु साँपले डस्दा २२ वर्षीय युवकको मृत्यु

sap-1.jpg

गान्तोक: सोरेङ-च्याखुङ समष्टिको कर्थोकमा साँपले टोक्दा एकजना २२ वर्षीय युवकको मृत्यु भएको छ। हालै सरकारी डिग्री कलेज नाम्चीबाट स्नातकको शिक्षा पूरा गरेका साण्डुप लेप्चाको मृत्यु भएको हो। मृतक स्व. निमा छिरिङ लेप्चाका कान्छो छोरा हुन्। घटना अनुसार घरबाट बाहिरी निस्किने क्रममा मृतक लेप्चालाई साँपले सिढीमा नै डसेको थियो। उनलाई तत्कालै सोरेङ अस्पताल लगियो। सोरेङ अस्पतालबाट पनि उनलाई प्रारम्भिक उपचार पछि नाम्ची अस्पताल रेफर गरिएको थियो।

तर नाम्ची अस्पताल लाने क्रममा नन्दुगाउँ पुग्दा लेप्चाको स्थिति निकै बिग्रिएको भनाई पारिवारिक पक्षको छ। उनलाई नाम्ची अस्पताल राति ११:५० बजे पुर्‍याइएको थियो भने त्यहाँ डाक्टरले साण्डुप लेप्चालाई मृतक घोषित गरेको बताइएको छ। मृतक लेप्चाले हिजोमात्र सोरेङ बीएड कलेजमा इन्ट्रेन्स परीक्षाको लागि फार्म भरेको पनि थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement