जिउँदो सालक (प्याङ्गोलिन) सहित दुईजना पक्राउ

IMG_20220707_174210.jpg

सिलगढ़ी: एउटा जिउँदो सालक सहित दुईजना तस्करहरूलाई आज बेलाकोबा रेञ्जका बनकर्मीहरूले पक्राउ गर्न सफल भएको छ।
प्राप्त जानकारीअनुसार आज सिक्किमबाट सिलगढ़ी हुँदै एउटा जिउँदो सालक (ओजन ८ किलोग्राम ७०० ग्राम) बोकेर तस्करी गर्न नेपालतर्फ लिएर कालेबुङ निवासी दुईजना व्यक्ति विजय बानिया छेत्री र श्याम रतन रसाईली गईरहेको बेला बनकर्मीहरुले तिनीहरूलाई वाहन सहित पक्राउ गरेको थियो।
पक्रा परेका दुवैजनलाई भोलि जलपाईगढी जिल्ला अदालतमा पेश गरिने बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement