महिन्द्रा थार ईः असाधारण लुकको साथ आयो थार-को इलेक्ट्रिक भर्जन

IMG-20230818-WA0134.jpg

काेलकत्ता: महिन्द्रा एण्ड महिन्द्राको सहायक कम्पनी महिन्द्रा इलेक्ट्रिक अटोमोबाइल्स लिमिटेडले ग्लोबल मार्केटमा ‘भिजन थार ई’ लाई विश्व समक्ष पेश गरेको छ। महिन्द्राको लोकप्रिय एसयूभी थारको थार ई नयाँ इलेक्ट्रिक अवतार हो। धेरै थरीका आधुनिक प्रविधिबाट तयार गरिएको कार थारको इलेक्ट्रिक संस्करण कटिंग एज हाई परफर्मेन्स एडब्ल्युडी (AWD) इलेक्ट्रिक पावरट्रेनले सुसज्जित छ। कम्पनीले बजारमा लञ्च गरिने मिति र मूल्य चाँड़ै सार्वजनिक गर्नेछ।
महिन्द्रा एण्ड महिन्द्राको अटोमोटिभ सेक्टरका अध्यक्ष विजय नाक्राले भने, “थार ई-ले हाम्रो ए़डभेञ्चरलाई पूरा गर्छ, जसले कुनै सम्झौता बिना एक्सप्लोर गर्ने तपाईको इच्छालाई पूरा गर्दछ। यसमा एडजस्टेबल, मोड्यूलर र स्वेपेबल कम्पोनेण्ट फीचर्स प्राप्त हुन्छ, जसले यसलाई बनाउने एउटा एकदमै इनोभेटिभ अप्रोचलाई दर्शाउँछ।
महिन्द्रा थार ई आफ्नो नियमित मोडलको तुलनामा धेरै मसक्यूलर र एग्रेसिभ देखिन्छ। स्क्वायर आकारको स्टाइलिश एलईडी हेडल्याम्पको साथमा गोलाकार-अफ कर्नर र अघिल्तिर ग्लोसी अपराइट नोज दिइएको छ। फ्रण्टमा दिइएको स्टिल बम्परले यसलाई रगेड लुक दिन्छ भने स्क्वायर्ड-आउटको ह्वील आर्क र नयाँ एलोय ह्वीलहरूले साइड प्रोफाइललाई आकर्षक बनाउँछ।
इलेक्ट्रिक रेञ्जको मामिलामा धेरै फ्लेक्सिबल थार ई-लाई इनगलो (INGLO) प्लेटफर्ममा तयार गरिएको छ। हार्डकोर अफ-रोडरको लागि मोटर्सले यसलाई त्यति टर्क दिन सक्षम हुन्छ, जसले गर्दा यसलाई कम्ती रेञ्जको आवश्यकता पर्नेछैन।
महिन्द्रा थार ई-को इण्टिरियरलाई असाधारण टचस्क्रिन र अधिक टेक्नोलजीको साथ बनाइएको छ। सस्टेनेबिलिटीलाई लिएर कारमा लिसाइकल्ड मटेरियल प्रयोग गरिएको छ। यसको साथमा धेरै कम्पोनेण्ट्समा बद्लाउ पनि गरिएको छ। यसले कम्तीमा ४०० किलोमिटरको रेञ्ज भएको ठूलो ब्याट्री प्याक पनि देख्न सकिनेछ।
यस इलेक्ट्रिक भर्जनको लञ्चिंगबारे कम्पनीले कुनै जानकारी दिएको छैन। मार्च २०२४-मा कम्पनीको नयाँ इलेक्ट्रिक व्हीकल प्लाण्ट शुरु हुने आशा छ। यस कारलाई २०२५-सम्म लञ्च गरिने सम्भाना छ तर यसबारे अहिले नै कुनै दावी चाहिँ गर्न सकिँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *