खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा गठित आपद प्रबन्धक समिति खरसाङ महकुमा समितिको टोलीले आज खरसाङ महकुमा शासक कार्यालय पुगेर महकुमा शासक, खरसाङको खण्ड विकास अधिकारी, खरसाङ पुलिस थाना, एस डि पि ओ अफिस अनि नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। यस टोलीमा आपद प्रबन्धन समितिको को-अर्डिनेटर पेमेन्द्र गुरुङ, सवटब को-अर्डिनेटर आशा मुखिया लामा, भक्तिमान तामाङ, प्रणय रोका, सूर्य कमल छेत्री, बिरबल पाखरीन, दिपेन सेवा र सन्नी तामङ आदि उपस्थित रहेका थिए। उक्त टिमले वर्तमान समयमा हुन सक्ने प्राकृतिक प्रकोपलाई मध्य नजर राख्दै पार्टीगत रूपमा आपदा प्रबन्धन समिति गठन गरिएको जानकारी गराएका छन्। उक्त टोलीले खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास, खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकार, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ आदिलाई ज्ञापन दिएर खरसाङ महकुमा स्तरीय अापदा प्रबन्धन समिति गठन गरिएको जानकारी गराएका छन्।

प्राकृतिक आपदाबाट मानिसहरूलाई बचाउन र आपतकालीन सेवाको लागि सहयोग गर्नलाई पार्टीगत रूपमा खरसाङ महकुमा स्तरीय अापदा प्रबन्धन समिति गठन गरेको जानकारी गराउन र राम्रोसितले कार्य गर्नलाई सम्बन्धित विभागहरूलाई जानकारी गराउन नै आज यसरी ज्ञापन दिइएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आपदा प्रबन्धन समितिको सह को-अर्डिनेटर आशा मुखिया लामाले पत्रकारहरूलाई बताएकी छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा अन्तर्गत विभिन्न समष्टीहरूमा हाम्रो स्वंय सेवीहरू रहेको र टाड़ा टाड़ा रहेका स्थानहरूमा पनि सहयोग पुर्याउनलाई पार्टीगत रूपमा स्वयं सेवकहरू रहेको पनि विभिन्न विभागहरूलाई जानकारी गराएको बताइन्।