पोखरीमा पुलिस बलका नायकको शव भेटियो

00-1-Chhetriya-Samachar-3

नगाउॅं: असमको नगाउॅं जिल्ला अन्तर्गत इटाचाली टाउन पुलिस थानाको बरहमपुरमा ९औं असम सशस्त्र पुलिस बलको मुख्यालय परिसरमा एउटा पोखरीबाट बिहान एक व्यक्तिको शव भेटियो।

दुर्गा मन्दिर नजिक पोखरीमा भेटिएको शव अतुल बैरागीको रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार, पुरनीगोदाम पथारआग निवासी अतुल बैरागी हालैमा बलको नायकको रूपमा पदोन्नति भएका थिए। मृतकका सहकर्मीहरूले उसलाई १५ अगस्त बिहान देखेका थिए र त्यसपछि उनी हराएका थिए। आज बिहान उनको शव पोखरीमा भेटियो।

मजिस्ट्रेटको उपस्थितमा उनको शव पोखरीबाट बाहिर निकालियो। उनको मृत्युको कारण स्पष्ट हुन सकेको छैन। कानूनी प्रक्रियापछि शव पोस्टमार्टमको निम्ति भोगेश्वरी फुकननी सिविल अस्पताल पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement