मंगन: केन्द्र सरकारद्वारा शुरू गरिएको आजादी का अमृत महोत्सव अन्तर्गत ‘मेरी माटी मेरा देश’ कार्यक्रम मंगन जिल्लाको खण्ड प्रशासनिक केन्द्रमा पालन गरियो।
उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य अतिथिले शिल्पकलमको उदघाटन गरे। उक्त अवसरमा मुख्य अतिथि मन्त्री लेप्चाले विभिन्न विभागका अधिकारीहरूको हातमा माटो प्रदान गर्दै पञ्चप्राणको प्रतिष्ठता ग्रहण गराए। प्रमुख अतिथि, क्षेत्रका विधायक साम्दुप लेप्चाले आफ्नो सम्बोधना भारतको आत्मा र वीरताको यो एकताबद्ध उत्सवलाई भव्य सफलतामा परिणत गर्न संलग्न सबैको प्रयासको प्रशंसा गरे। उनले भारतको सम्पदा जोगाउन राष्ट्रिय गौरवको भावना जगाउनु पर्ने आवश्यकतामाथि जोड दिए। मन्त्री लेप्चाले देशका वीरलाई सबैले सम्मान गर्नुपर्ने आवश्यकता व्यक्त गर्दै समुदायको विकासका लागि एकजुट भएर काम गर्नुपर्ने पञ्चायत सदस्यलाई आग्रह गरे।








