रेनो काइगरले भारतमा ५०,०००औं वाहन निर्माणको ऐतिहासिक उपलब्धिको अवसरमा काइगरलाई नयाँ स्टील्थ ब्ल्याक कलरमा पेश गऱ्यो

Photo.jpg

कोलकत्ता: भारतमा नम्बर एक यूरोपेली ब्रांड, रेनोले चेन्नई स्थित आफ्नो संयंत्रमा निर्मित ५०,०००औं रेनो काइगरलाई बाजारमा उतारेको छ। रेनो इण्डियाले एकदमै आकर्षक र असाधारण वाहन, रेनो काइगरको असाधारण सफलताको आफ्नो संकल्पलाई कायम राख्दै अनि यस उपलब्धिको खुशीयाली मनाउन काइगरलाई एकदमै नयाँ स्टील्थ ब्ल्याक कलरमा पेश गरेको छ। श्री वेंकटराम मामिलपल्ले, कंट्री सीईओ एवम् म्यानेजिंग डायरेक्टर, रेनो इण्डिया अपरेशंस अनुसार, रेनो काइगरलाई ठूलो संख्यामा ग्राहकहरूले मन पराएका छन्, कारण यो वाहन आफ्नो खास डिजाइन, स्मार्ट फीचर्स, अत्याधुनिक सुरक्षा सुविधाहरू, असाधारण गुणवत्ता र अतुलनीय प्रदर्शनको मामिलामा उनीहरूलाई विश्वसनीयताको प्रस्ताव दिन्छ। भारतमा कम्प्याक्ट यसयूभी सेगमेंटमा प्रतिस्पर्धा सबैभन्दा धेर छ अनि काइगरले यस सेगमेंटमा आफ्नो योग्यता साबित गरेको छ। यतिमात्र नभएर महामारीको समस्याहरूबीच वर्तमानमा जारी सेमीकंडक्टर संकटबीच पनि ५०,०००औं वाहनको निर्माणको उपलब्धि यस चुनौतीपूर्ण सेगमेंटमा रेनो काइगरको सफलताको अझ एउटा उदाहरण हो। भारतमा हाम्रो प्रगतिमा यस स्पोर्टी, स्मार्ट र एकदमै आकर्षक यसयूभी को अहम योगदान छ, यसले
विश्वमा रेनोलाई पाँच सबैभन्दा ठूलो बजारमा भारतलाई स्थान दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

फ्रांस र भारतको डिजाइन टीमहरूले साथ मिलेर रेनो काइगरलाई तयार गरेको छ, जुन रेनोको तेस्रो ग्लोबल कार हो, जसलाई सर्वप्रथम भारतमा पेश गरिएको छ। वर्ष २०२१-को शुरुवातमा भारतमा यसको लञ्चको सफलतापछि, चार मीटरभन्दा कम्तीको श्रेणीको यो बी-यसयूभी अहिले दक्षिण अफ्रीका, इंडोनेशिया, पूर्वी अफ्रीकी क्षेत्र, (केन्या, मोजाम्बिक, जिम्बाब्वे, जाम्बिया), सेशेल्स, मरीशस, नेपाल, भूटान, बरमूडा र ब्रुनेईका ग्राहकहरूका निम्ति पनि उपलब्ध छ। रेनोले हालै मै२२(MY22) एडिशनलाई बाजारमा उतारेर रेनो काइगरको मूल्य प्रस्तावलई अझ असल बनाया है।
रेनो काइगर इञ्जिनको दो विकल्पहरू,अर्थात् एमटी एवम् यीजी-आर एएमटी (EASY-R AMT) ट्रांसमिशनमा १.०ली एनर्जी इञ्जिन तथा एमटी एवम् यक्स-त्त्रोनिक सिभीटी (X-TRONIC CVT) ट्रांसमिशनमा १.०ली टर्बो इञ्जिनको साथ उपलब्ध छ, जुन क्रूज कंट्रोल फंक्शन तथा वायरलेस स्मार्टफोन चार्जर जस्ता असाधारण सुविधाहरूका साथ ड्राइविंगलाई असल रअधिक आरामदायक अनुभव प्रदान गर्दछ। रेनो काइगर मै२२ टर्बो रेंजमा एकदमै नयाँ टेलगेट क्रोम इन्सर्ट, फ्रंट स्किड प्लेट, टर्बो डोर डिकल्स तथा रेड व्हील क्याप्सको साथ ४०.६४ सेमीको डायमंड कट एलय व्हील्स लगाइएको छ, जसले यसलाई पहिलाभन्दा अधिक स्पोर्टी बनाउँछ। यसबाहेक रेनो काइगर इञ्जिनको दुवै विकल्पहरूमा आरयक्सटीo (RXT(0)) र आरयक्सजेड(RXZ) भेरिएण्टमा अब एकदमै नयाँ रंग – स्टील्थ ब्ल्याकमा उपलब्ध हुनेछ। रेनो काइगर यस श्रेणीमा कलरको सबैभन्दा असल रेंज – चार ड्यूल-टोन कलर कम्बिनेशनको साथ सात एकदमै आकर्षक रंगहरूका विकल्प पेश गर्दछ।
कम्प्याक्ट यसयूभी सेगमेंटमा रेनो काइगरको रखरखाउको लागत एकदमै कम्ती छ, जसले यसलाई धेरै किफायती बनाएको छ। रेनो काइगरलाई कम्प्याक्ट यसयूभी श्रेणीमा धेरै पुरस्कारहरूले सम्मानित गरिएको छ। काइगरमा विश्व स्तरीय टर्बोचार्ज्ड १.०ली. पेट्रोल इञ्जिन लगाइएको छ, जसले असाधारण ड्राइविंग अनुभवको साथ २०.५ कीमी/ली को माइलेजको साथ यो यस सेगमेंटमा ईंधन बचतको मामिलामा सबैभन्दा अघि छ। रेनो काइगर भारतीय बाजारमा सुरक्षासँग संबंधित वर्तमान आवश्यकताहरूलाई सम्पूर्ण रूपले पालन गर्दछ। हालै रेनो काइगरलाई सम्पूर्ण विश्वमा कारहरूका मूल्यांकन गर्ने अग्रणी कार्यक्रम, अर्थात ग्लोबल एनसिएपी (NCAP) द्वारा वयस्क यात्रीहरूका सुरक्षाको निम्ति ४-स्टार सेफ्टी रेटिंगले सम्मानित गरिएको छ। रेनो काइगरमा ड्राइवर र अघिल्लो सीटका यात्रीहरूका सुरक्षाको निम्ति प्री-टेंशनर एवम् लोड-लिमिटर (ड्राइवरको निम्ति) भएको सीटबेल्टको साथ-साथ दो फ्रंट
एयरब्याग्स र दुई साइड एयरब्याग्स– अर्थात् जम्मा चार एयरब्याग्स लगाइएको छ। यसमा सड़कमा वाहन चलाउँदा सुरक्षा सुनिश्चित गर्नको निम्ति यीबीडी(EBD) को साथ एबीयस(ABS) र रियर पार्किंग सेंसर जस्ता अन्य धेरै सुविधाहरू पनि रहेको छ। यसबाहेक काइगरमा इम्प्याक्ट सेंसिंग डोर अनलक, स्पीड सेंडिंग डोर लक, एडजस्टेबल हेडरेस्टको साथ ६०/४० स्प्लिट रियर रो-सीट तथा चाइल्ड सीटको निम्ति आइयसओएफआइयक्स (ISOFIX) एंकरेज पनि लगाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *