गान्तोक। भारतमा रहेका फ्रान्सका राजदूत इमानुएल लेनेन र दूतावासका फर्स्ट काउन्सिलर लरेन्ट ट्रिपोनी तीन दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम आइपुगेका छन्। उनीहरूसॅंग कोलकातामा फ्रान्सका महावाणिज्य दूत डाडियर तलपेन र प्रेस एवं कूटनीतिक सम्पर्क अधिकारी अन्जिता रोय पनि आएका छन्। प्रतिनिधि टोलीलाई आज रम्फूमा पर्यटन विभागका एडी र पाकिमका डीआईओले स्वागत जनाए। यस अघि उनीहरूलाई बागडोगरा हवाई अड्डामा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।