गान्तोक: एसएसबी गान्तोक सेक्टर हेडक्वार्टरले मार्चकमा जोश र उल्लासका साथ ७७औं स्वतन्त्रता दिवस मनायो। यस अवसरमा एसएसबी अधिकारी बलवान सिंहले राष्ट्रिय झण्डा फहराए। राष्ट्रिय झण्डालाई सेक्टर मुख्यालयमा फहराएपछि गार्ड अफ अनर प्रदान गरेको थियो। देशको लागि आफ्नो जीवन बलिदान गर्ने संग्रामीहरूलाई सम्झँदै उनीहरुले दिएको योगदानबारे सम्बोधन गरेको थियो। उनले सेक्टर गान्तोकका अधिकारीहरूहरूलाई बधाई दिँदै सन्देश पनि पठन गरे। सो अवसरमा जवानहरुले गरेको उत्कृष्ट कामको लागि प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। उनले कर्मचारीहरुलाई लगनशीलताका साथ काम गर्न आग्रह गरे। साथै सेवानिवृत्त हवल्दार कर्मा वाङ्ग्याल भोटियालाई आजादिका अमृत महोत्सव अन्तर्गत वीरों का वन्दन कार्यक्रमबारे बताए। उनले राष्ट्रिय झण्डा दिएर सम्मान गरे। कार्यक्रमको एक भागको रूपमा, सेक्टर हेडक्वार्टर एसएसबी मार्चकको आठ माइलमा बिरुवारोपण अभियान पनि सञ्चालन गरेको थियो जसमा सबै पदाधिकारीहरूको उत्साहजनक सहभागिता थियो। त्यसपछि उपस्थित सबै स्थानीयलाई मिठाई बाँडियो। गान्तोकको पाल्जोर स्टेडियममा भएको स्वतन्त्रता दिवस कार्यक्रममा सेक्टर मुख्यालयको एसएसबी दल र एफटीआर एचक्यूआर सिलगढीको टोलीले पनि भाग लिएको जानकारी गराइएको छ। स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय झण्डा फहराएको थियो।










