गान्तोक: लायन्स इन्टरनेश्नल अन्तर्गत लायन्स क्लब गान्तोक हिल्सले गान्तोकमा एकदिवसीय नि:शुल्क बाल क्यान्सर स्वास्थ्य सचेतना शिविरको आयोजना गऱ्यो। डीएनबी बाल रोग विशेषज्ञ डा सुमित पेरिवालले बिरामीको जाँच गरेका थिए। लायन्स क्लब अफ गान्तोक हिल्सका अध्यक्ष सज्जन अग्रवालले आयोजित बाल क्यान्सर स्वास्थ्यसम्बन्धी यो पहिलो कार्यक्रम रहेको र आगामी दिनहरूमा यस क्षेत्रमा थप शिविर र जागरूकता कार्यक्रम आयोजीत गरिने जानकारी दिए।










