सोनादा: गोरामुमोले आफ्नो सांङ्ठनिक बिस्तारलाई तीब्रता दिन्दै अप्पर सोनादामा को-अर्डिनेसन कमिटी गठन गरेको छ। अप्पर सोनादा डाँडा गाउँ निवासी दिनेस साम्पाङको बासस्थानमा बसेको बैठकमा खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो सोनादा टुङ समष्टि अध्यक्ष वाङ्दी शेर्पा लगायत अप्पर सोनादाका युवाहरुको व्यापक उपस्थिति रहेका थिए । सभामा अप्पर सोनादालाई बलियो बनाउनका निम्ति दुई जनालाई कोअर्डिनेटर चयन गरियो। सभामा सर्वसहमतिले कोअर्डिनेटर पदमा सुजल लेप्चा अनि आशिष प्रधानलाई चयन गरियो। नयाँ चयन गरिएको कोअर्डिनेटरहरुद्वारा संगठनको क्रियाकलापहरु अघि बडाएर लाने र चाढ़ै संगठनको एउटा शाखा गठन गरेर सो शाखालाई संगठनको भार हस्तान्तरण गरिने निर्णय लिएको भुपेन्द्र गुरुङले जानकारी दिएका छन्। आजको सभाले अब मुद्दाको निम्ति अध्यक्ष मन घिसिङको हात बलियो बनाएर लैजाने संकल्प लिएका छन्। अब केन्द्र सरकारले गोर्खाहरुलाई न्याय दिनेछ भनी हामीले विश्वास गरेका छौं। यसको निम्ति अध्यक्ष मन घिसिङले आफ्नो कार्य निरन्तर गरिरहेका छन्। यसकारण तपाईं हामी सबै एकजुट भएर अब अघि आउनुपर्छ। गोरामुमो केवल गोर्खा जातिको मुद्दामा केन्द्रित छ यसकारण एक पटक अब सबैले साथ दिनु पर्ने भुपेन्द्र गुरुङले अपिल समेत गरेका छन्।









