सिलगढी: सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको फुलबारी नजिकै जियागञ्ज क्षेत्रबाट एक अज्ञात व्यक्तिको लाश फेला परेको छ। सूचना पाएपछि सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको थियो। पुलिसले घटनाको जाँच सुरु गरेको छ।










