खरसाङ: महानदीको एक निजी अंग्रेजी स्कूल क्याम्ब्रिज एकाडेमीले यसपालीको ७७औं स्वतन्त्रता दिवस पालन गरेको जानकारी प्राप्त भएको छ। स्कूल परिसरमै भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले देशभक्ति गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए भने देशभक्ति गीतहरू पनि प्रस्तुत गरेका थिए। यस कार्यक्रममा विद्यार्थीहरूलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरू पनि सम्पन्न भएको थियो। प्रतियोगिता अन्तर्गत नानीहरूमा स्वतन्त्रता सेनानीहरूका पहिरनलाई लिएर प्रतियोगिता आयोजना गरिएको थियो जसमा शुभेच्छा तामाङ प्रथम, दोस्रो महिमा सेवा, तेस्रो दिपंकर प्रधान भएका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिमा निङमा शेर्पा र हिसान सेवा उपस्थित थिए भनी क्याम्ब्रिज स्कूलकी प्राचार्य स्मृति प्रधानले जानकारी गराएकी छन्।











