घुम्ती कमानमा भूतपूर्व सैनिक-अर्ध सैनिक बल महानदी शाखाले पनि ७७औं स्वतन्त्रती दिवस पालन

IMG-20230817-WA0289.jpg

महानदी: महानदी ग्राम पञ्चायतको घुम्ती कमानमा भूतपूर्व सैनिक-अर्ध सैनिक बल महानदी शाखाले पनि ७७औं स्वतन्त्रती दिवस पालन गरेका छन्। उक्त स्वतन्त्रता दिवस समारोह घुम्तीकोलश्रमिक कल्याण केन्द्रमा पालन गरिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा बगानको प्रबन्धक जवाहरलाल चौधरी उपस्थित थिए। समारोहमा ८ जना ८० वर्ष माथिका भूतपूर्ण सैनिक -अर्धसैनिक अनि वीर नारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। घुम्ती, महानदी, सिविटार अनि गिद्ध पहाडका लगभग २०० जना भूतपपूर्व/अर्धसैनिक बलका वीर नारी, विरंगना अनि उनीहरुका आ आश्रितहरु उपस्थित रहेका थिए। संगठनको सल्लाहकार अननेरी कप्तान(अवकास प्राप्त) श्यामकुमार खवासको सञ्चालन अनि संगठनको सभापति सुबेदार मेजर(अवकास प्राप्त) हेमेन्द्र देवानको सम्बोधनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सांस्कृतिक नृत्य अनि देशभक्ति गीतहरु गाएर हर्षोल्लासको साथमा यो उत्सवको समापन गरिएको जानकारी श्यामकुमार खवासले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement