गान्तोकः पूर्व सिक्किमको कुपुप थाना क्षेत्र अन्तर्गत स्थानीय एउटा फाइरिङ रेन्जमा दुर्घटनावश भएको गोला-बारूद विस्फोटमा परेर एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम तेन्जिङ नर्बु भोटिया बताइएको छ। ३३ वर्षीय मृतक नाथाङ गाउॅं निवासी थिए। पुलिस रिपोर्ट अनुसार, तेन्जिङ नर्बु भोटिया १३ अगस्तदेखि हराएका थिए। खोजीको क्रममा बुधवार उनको शव स्थानीय एउटा फाइरिङ रेन्जमा भेटियो। जॉंच अवधि मृतक मानसिक रूपमा अस्वस्थ रहेको र कसैलाई जानकारी नदिइ घरबाट हराएको कुरा थाहा लागेको छ।
यस अवधि उनी उक्त फाइरिङ रेन्जभित्र प्रवेश गरेको र ब्लाइन्ड अथवा हाफ डेटोनेटेड ८४ एमएम आरएल टीपीटी गोला-बारूदसॅंग खेल्न थाले। यस क्रममा दुर्घटनावश गोला बारूद विस्फोट हुॅंदा उनको मृत्यु भएको बताइएको छ। उक्त गोला-बारूद त्यहॉं सेनाले पछि नष्ट गर्न भनी राखेको जानकारी गराइएको छ। कानूनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमपछि परिजनलाई सुम्पिएको कुरा पुलिस रिपोर्टमा उल्लेख छ। पुलिसले यस घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच गरिरहेको छ।










