गान्तोकः राजधानी गान्तोकको टाशी भ्यु पोइन्ट छेउ बुधवार दिउॅंसो भएको एक वाहन दुर्घटनामा दुई व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। दुर्घटना त्यस समय भएको बताइएको छ जब उनीहरू लासा फल्सबाट टाशी भ्यु पोइन्टतिर आइरहेका थिए।
पुलिस रिपोर्टमा भनिएको छ, वाहनमा दुईजना थिए। वाहन सड़कदेखि लगभग २०० फुट तल झरेको छ। दुर्घटनमा दुवैलाई गम्भीर चोट लागेको छ। उनीहरूलाई एसटीएनएम अस्पतालमा भर्ती गरिएको छ।









