तीनधारे: तीनधारे महानदी समष्टी अन्तर्गत नयाँ कमानमा पनि ७७औं स्वतन्त्रता दिवस पालन गरिएको छ। उक्त स्वतन्त्रता दिवस कार्यक्रम घैयाबारी ग्राम पञ्चायत अन्तर्गत नयाँ कमानमा रहेका स्व निर्भर दलहरूका आयोजनामा सम्पन्न भएको छ। उक्त कार्यक्रम स्वनिर्भर दलकी जिल्ला शोध व्यक्ति ( डीएलटी) को अध्यक्षता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टीको सभापति राजीव थापाको प्रमुख अातिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा पञ्चायत समिति सदस्य वाङ्दी लामा, घैयाबारी ग्राम पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, पञ्चायत सदस्य अनिल राई र मिट्ठु लामा, पञ्चायत समिति सदस्य कुसाङ लामा, भागोप्रमो तीनधारे महानदी समष्टीको उप सभापति धिरेन प्रधान, युवा शक्तिको समष्टी सचिव सञ्जीव मंगर, घैयाबारी ग्राम पञ्चायत तीनको उषाकिरण क्लष्टरको सदस्याहरू लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो। यसक साथै फुटबल फाइनल पनि सम्पन्न भएको थियो।










