गान्तोकः सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आज पश्चिम सिक्किमअन्तर्गत मानेबुङ-देन्ताम समष्टिको रदु खाण्डु जीपीयुको भ्रमण गरे। भ्रमणका क्रममा चामलिङले स्थानीय विभिन्न शोकाकूल परिवारजनसॅंग भेट गरेर समवेदना प्रकट गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
यसका साथै एसडीएफ अध्यक्षले आज यस समष्टिका जनता तथा एसडीएफ पार्टीका कार्यकर्ताहरूसित प्रत्यक्ष संवाद गर्दै विभिन्न जनगुनासोको जायजा लिए। संवादका क्रममा स्थानीय जनतालाई सिक्किम र सिक्किमेली जनताको साथमा एसडीएफ पार्टी सदैव रहेको चामलिङले बताए।
आज स्थानीय सेवानिवृत्त सैनिक सिसिर विष्ट विधिवत एसडीएफ पार्टीमा सामेल भएको जानकारी गराइएको छ। विष्टलाई एसडीएफ अध्यक्षले खदार्पण गरी पार्टीमा स्वागत जनाए।










