कालचिनीः जयगाउँ २ नम्बर ग्राम पञ्चायतको बोर्ड गठन भर्खरै मात्र सम्पन्न भएता पनि बोर्डको कार्य अहिले कतै शुरु नभएको बेला जयगाउँ २ नम्बर ग्राम पञ्चायतका उपप्रधानको कार्यालयको मरम्मतीलाई लिएर विवाद चुलिन पुगेको छ। यता यसको तिव्र विरोधमा भाजपा समर्थक औ नेताहरू ओर्लिएका छन्।
बोर्ड गठन भएता पनि कुनै कार्य शुरु हुन अघि यसरी उपप्रधानको कार्यालयको मरम्मती कसलाई सोधेर गरिएको भन्दै भाजपा नेताहरूले प्रशासन समक्ष प्रश्न तेर्साएका छन्।
यता उपप्रधानको कार्यालयको मरम्मती सम्बन्धमा नवनिर्वाचित प्रधान अनु खातुनले उपप्रधानको कार्यालयको मरम्मती एकदमै आवश्यक देखिएकोले नै यसलाई सानो खर्चमा चाँडै तयार गर्न यो मरम्मती थालिएको बताएकी छन्।










