सिलगढी: सिलगढीमा महिला उद्यमीहरूका लागि कार्यशाला आयोजना गरियो। महिला उद्यमीहरूको व्यवसायलाई सुदृढ पार्न सिलगढीमा एक कार्यशाला आयोजना गरिएको थियो। उक्त कार्यशालामा विभिन्न स्थानका महिला उद्यमीहरूको सहभागिता रहेको थियो। बिहीबार दिउँसो ३ बजेदेखि सिलगढीको एक होटलमा कार्यशाला आयोजना गरिएको थियो। यस कार्यशालामा महिला उद्यमीले आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । यस दिन सिलगढी, दार्जिलिङ, कालेबुङ, नेपालका महिलाहरूले पनि कार्यशालामा भाग लिएका थिए। यसका माध्यमबाट विभिन्न व्यवसायका बारेमा छलफल भएको थियो।










