मासुको झोलसित मुरई खाँदा अड्कियो घाँटीमा तार

d18e4cb7-37f6-4d38-9d4e-a92b5758cb77-1024x576.jpg

सिलगढी: मासुको झोलसित मुरई खाँदा चोपडाको लक्ष्मीपुर निवासी एउटी महिलाको घाँटीमा मुरईमा रहेको तार अड्केपछि चिकित्सकहरूले अप्रेसन गरेर सो तार निकालेका छन्। लक्ष्मीपुर निवासी ५५ वर्षीय आकलामी खातुनले गत केही दिनदेखि अघि मासुको झोलसित मुरई खाँदा घाँटीमा केही अड्किएको अनुभव गरिन्। तिनले घरमा केही ठोस खानेकुरो खाएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरे तापनि असफल भइन्। यसपछि तिनी इस्लामपुर अस्पतालमा गएपछि त्यहाँबाट तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। मेडिकलको इएनटी विभागका चिकित्सकहरूले तिनको विभिन्न परीक्षा तथा निरीक्षण गर्दा घाँटीमा पातलो तार जस्तो केही रहेको थाहा पाएपछि चिकित्सकहरूले तिनको अप्रेसन गर्ने निर्णय लिए। आज चिकित्सकहरूले तिनको अप्रेसन गरेर तार निकालेपछि हाल तिनी स्वस्थ छन्। इएनटी विभागका प्रमुख राधेश्याम माहातोले बताएअनुसार उक्त महिलाको घाँटीमा धातुको तार खतरनाक अवस्थामा थियो। यसलाई समयमै ननिकालेको भए भविष्यमा तिनले ज्यान समेत गुमाउनु पर्थ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *