राजगञ्ज: आज र्यागिङ विरोधी सचेतनता शिविरको आयोजना राजगन्ज कलेजमा समपन्न गरियो। राजगञ्ज कलेजको एन्टी रेक कमिटीको तर्फबाट आज र्यागिङ रोक्ने उद्देश्य लिएर यो शिविरको आयोजना गरिएको बताइएको छ। यादवपुर विश्वविद्यालयमा छात्रको मृत्युको घटनालाई लिएर हाल राज्यभरिमै विरोध जनाइरहेको छ। प्रशासनको तर्फबाट कलेजहरूमा विशेष नजर राखिरहेको छ। राजगञ्ज कलेजको एन्टी रेक कमिटी तथा पुलिसको तर्फबाट आज नयाँ विद्यार्थीहरूलाई लिएर सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरमा राजगञ्ज कलेजका प्रिन्सिपल डा. हरप्रसाद मिश्र, राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत अन्य उपस्थित थिए।








