मातापिता हेरचाहमा समर्पित छोराछोरीलाई ‘श्रवण कुमार’ पुरस्कारको घोषणा

si-9

गान्तोक: आफ्ना आमा बाबुको हेरचाह गर्ने र राम्रोसँग सेवा गर्ने छोरा र छोरीहरूलाई १५ अगस्तको दिन ‘श्रवण कुमार’ पुरस्कार प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरेका छन्। राजधानीस्थित पाल्जर स्टेडियम गत १५ अगस्तको दिन आयोजित ७७औं स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उक्त घोषणा गरेका हुन्। “आधुनिक युगमा, आमाबाबु कहिलेकाहीं आफ्ना छोरा-छोरीहरूको हेरचाहको कमीमा वृद्ध आश्रममा बस्न बाध्य हुन्छन्, तर यो अवधारणा हाम्रो सांस्कृतिक मानदण्डहरूमा छैन। त्यसैले हाम्रा परम्परागत मूल्य मान्यतालाई संरक्षित गर्न श्रवणकुमार पुरस्कार शुरू गर्न लागिरहेको मुख्यमन्त्रीले बताए। यसको अतिरिक्त मुख्यमन्त्रीले राज्यका बुजुर्गहरूप्रति आफ्नो चिन्ता व्यक्त गर्दै गान्तोक शहरको पुरानो एसटीएनएम अस्पताल परिसरमा एक कल्याण केन्द्र स्थापना गरिने घोषणा गरे। “गान्तोकवासीहरूले मनोरञ्जन क्षेत्रहरूको कमी महसुस नगरून् भन्ने ध्येयले पुरानो एसटीएनएम अस्पताल परिसरलाई योग सुविधा सहितको वेलनेस पार्कमा परिणत गरिने मुख्यमन्त्रीले बताए। यो केन्द्रले उपचारको विकल्प प्रदान गराउनका साथै वृद्ध-वृद्धालाई समय बिताउने ठाउँ उपलब्ध गराउने मुख्यमन्त्रीले बताए। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले केन्द्र सरकारले राज्यलाई गरेको सहयोगको उल्लेख गर्दै सिक्किममा भएका धेरै विकास गतिविधिहरूबारे पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement