कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको छतबाट झरेर भएको मृत्यु मामिलामा लगातार चलिरहेको जॉंच अवधि ऱ्यागिङ्गको चकित पार्ने तथ्यहरू प्रकाशमा आइरहेका छन्। घटनाको राति अर्थात गत हप्ता बुधवार राति स्वप्नदीपलाई निर्वस्त्र गरेर होस्टेलमा घुमाइएको कुरा अघि आएको छ। यसको मास्टरमाइन्ड यस मामिलामा पक्रा पर्ने पूर्व छात्र सौरभ चौधरी र सप्तक कामिला रहेको बताइएको छ।
प्रारम्भिक जॉंचमा पुलिसले घटनाको राति लगभग नौ बजी छात्रलाई १०४ नम्बर होस्टेल रूममा लिएर गएको दाबी गरेको छ। यहॉं पक्रा पर्ने सबै छात्र लगायत अन्य छात्रहरू पनि थिए। त्यहॉं जबरजस्ती स्वप्नलाई एउटा डायरीको पन्नामा डीन अफ् स्टुडेन्ट्सको नाममा चिट्ठी लेख्न लगाइयो। यसमा बांग्ला विभागकै एक सीनियर छात्रमाथि ऱ्यागिङ्गको आरोप लगाइयो। त्यसपछि, स्वप्नदीपको होस्टेलमा बस्ने अन्य विद्यार्थीहरूसॅंग परिचय गराइयो। यसको निम्ति जबरजस्ती स्वप्नदीपलाई निर्वस्त्र गरेर राति ११ः४५ बजीसम्म होस्टेलमा घुमाइएको थियो।
यसावधि उसलाई होमोसेक्सुअल र अन्य धेरै नाम दिएर बारम्बार अपमानित गरियो, जसपछि राति लगभग १२ः३० बजी उनी होस्टेलको छतबाट संदिग्ध परिस्थितिहरूमा तल झरे। उनलाई केपीसी अस्पतालमा भर्ती गरियो जहॉं बिहान ४ः३० बजी उनको मृत्यु भयो। यस मामिलामा पक्रा पर्ने सबै विद्यार्थीहरूसॅंग लगातार सोधपुछ गरिॅंदैछ। छात्रलाई निर्वस्त्र गरेर घुमाइरहेको सूचना डीन अफ् स्टुडेन्ट्स रजत रायलाई दिएको बताइएको छ। यसरी नै होस्टेल सुपर द्वीपायन दत्तलाई पनि यसको जानकारी दिइएको थियो। उनले यस घटनालाई अदेखा गरेको आरोप छ।
-हिस








