सिलगढी: सिलगढी-दार्जिलिङ बीचको बस सेवाका कारण साना कार चालकहरूले समस्या भोगिरहेका छन्। यस्तो गुनासो गर्दै तराई चालक संगठनले अगस्ट २१ मा सिलगढीका शासकलाई ज्ञापनपत्र बुझाउने छ। बिहीबार सिलगढी जर्नलिस्ट क्लबमा तराई चालक संगठनको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सिलगढीदेखि दार्जिलिङका लागि बस चलाउँदा रोहिणी सडकमा जामको अवस्था सिर्जना भएको छ। राष्ट्रिय राजमार्ग नं ५५ बाट बस चलाउनु पर्ने संस्थाको तर्फबाट भनिएको थियो। संगठनले आगामी २१ अगस्त जुलुस निकालेर सिलगढी डिभिजनका शासकलाई ज्ञापनपत्र बुझाएर दागापुर इलाकाको एउटा भवनमा सभा गर्ने जनाएको छ। यही बैठकबाट संस्थाको आगामी दिनको कार्यक्रम तय हुनेछ।










